मुलुकमा हुने बिभिन्न परिवर्तन सँगै सरकारको परिवर्तनले बेला बेलामा चर्चा पाउँछ । सरकार प्रमुख भएपछि नेपालका नजिकका मित्रराष्ट्रहरु भारत र चीन भ्रमणका बेलामा समेत निकै चर्चा र परिचर्चाहरु हुने गर्दछन् । अधिकाँस सरकार प्रमुखहरुले पहिलो भ्रमण भारतलाई गरेझै पछिल्लो राजनीतिक परिवर्तन पश्चात सरकार सम्हाल्ने जिम्मेवारी पाएको नेकपा एमाले का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि चीनको औपचारिक भ्रमण गर्दैछन् ।
भारत भ्रमणलाई उपलब्धि ठानेको नेपाल सरकारले चीन भ्रमणलाई कसरी अगाडी बढाउने हो त्यो भने हेर्न बाँकी नै छ । लामो नाकाबन्दीको अन्त्य भएको औपचारिक घोषणा भएको भएपनि अँझै नेपालमा इन्धन आपुर्ति हुन सकेको छैन् ।
चीन सँगको लामो व्यापार सम्झौता नभएका बिभिन्न परिघटनाहरुलाई मध्यनजर गर्दा नेपाल सरकारले चीनसँग ब्यापार लगायतका बिभिन्न सम्झौताहरु गर्ने बारेमा पनि चर्चा चलेको छ । नेपालमा बेला बेलामा देखिने बिभिन्न समस्याहरुको दिगो समाधानका लागि दुवै छिमेकी मुलुहरुसँग लामो व्यापार सम्झौता र दिगो व्यापार सम्झौता गरि कुनैपनि समस्या नेपालका नागरिकहरुले भोग्न नपर्ने खालको बतावारण सरकारले बनाउनुपर्नेमा आशावादी देखिएका छन् । प्रधानमन्त्रीद्वयको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारी पत्रमा दुबै मुलुकका उच्च अधिकारीले हस्ताक्षर गर्ने कार्यक्रम राखेको नेपाल सरकारले जनताको चाहना पुरा गर्न सहयोग पुग्ने देखिन्छ ।








